तिलोत्तमा नगरपालिकामा ४० बेड क्षमताको आइसोलेसन निर्माण
काठमाडौं। तिलोत्तमा नगरपालिकामा अक्सिजनसहित ४० बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ। अक्सिजनको अभावमा कोही पनि विरामीले दुःख नपाउन भनेर आइसोलेनस निर्माण गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। हिजो एकैदिन नगरपालिकामा १२३ जनामा कोरोना पोजेटिभ देखिएको थियो। नगरपालिकाका वडा नं. १, २, ३, ४, ५ र ७ अत्यन्त जोखिमपुर्ण रहेको उनले बताए। शंखरनगरस्थित स्वास्थ्य चौकीलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्