परीक्षण गर्नेमध्ये ४३ प्रतिशतमा कोरोना संक्रमण
काठमाडौं। बितेको चौबीस घण्टामा कोरोना परिक्षण गर्नेमध्ये ४२.९९ प्रतिशतमा संक्रमण रहेको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा १६ हजार १४७ जनाको पीसीआर र ६२३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। पीसीआर गरिएकामध्ये ७ हजार १३७ र एन्टीजेन गर्नेमध्ये ७४ जनामा संक्रमण देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्