काठमाडौंमा थपिए दुई हजार ७४४ नयाँ संक्रमित काठमाडौं। बितेको चौबीस घण्टामा काठमाडौं जिल्लामा मात्र दुई हजार ७४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्ला दिन देशका ७७ जिल्लामध्ये काठमाडौंमा दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिदै आएका छन्। शनिबार काठमाडौंमा एक हजार ९३२ जना नयाँ संक्रमित थपिएका थिए। गत शुक्रबार काठमाडौंमा दुई हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्