पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाललाई कोरोना पुष्टि भएको छ। आइतवार गरिएको स्वाब परीक्षणमा ढकालसहित उनका पत्नी इन्दिरा फुयाँललाई कोभिड पोजेटिभ भएको मन्त्री ढकालले सामाजिक सञ्जालमा लेखेका छन्। मन्त्री ढकाल र उनका परिवार निवासमै आइसोलेट भएर बसेका छन्।
प्रतिक्रिया दिनुहोस्