कोरोना संक्रमणबाट वृद्धाको मृत्यु सिन्धुली। कोरोना संक्रमणका कारण सिन्धुलीमा एक वृद्धाको मृत्यु भएको छ। कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको मृत्यु भएको हो। कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु भएको सिन्धुलीको पहिलो घटना हो। सिन्धुलीमा हाल ९५ सक्रिय संक्रमित छन् । जसमध्ये सबैभन्दा बढी कमलामाई नगरपालिकामा ४७, दुधौलीमा २९ र सुनकोशीमा १३ जना छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्