कैलालीका चार कोरोना संक्रमितको मृत्यु कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना सङ्क्रमितको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र लम्किचुहा १० की ३५ वर्षीया महिला छन्। ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्