दैलेखमा मंगलबारदेखि निषेधाज्ञा दैलेख। कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्