मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा हेटौंडा। मकवानपुरका आजदेखि वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ। हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा मध्यरातबाटै निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वैशाख १७ गते बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्