सिरमले मासिक सय मिलियन डोज भ्याक्सिन बनाउन सक्ने
एजेन्सी। सिरम इन्स्टिच्युट अफ इन्डियाले जुलाईसम्ममा मासिक सय मिलियन डोज कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सक्ने बताएको छ। सिरमका प्रमुख अदार पुनावालाले इन्डियन एक्सप्रेससँगको कराकानीमा यो जानकारी दिएका हुन्। भारतमा कोरोना अनियन्त्रित हुँदा पुनावालालाई धम्की आउन थालेपछि सपरिवार लन्डन गएका थिए। आफू चाँडै स्वदेश फर्कने बताउँदै उनले सिरमले पूर्ण क्षमतामा कोभिसिल्ड भ्याक्सिन उत्पादन गरेको प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस्