चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याइँदै काठमाडौं। सरकारले चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कुटनीतिक पहलपछि चीन सिलिण्डिर दिन तयार भएको बताए। पहिलो चरणमा तीन हजार सिलिण्डर एक सातामै नेपाल आइपुग्ने बताए। त्यसपछि थप सिलिण्डर केही समयमा नेपाल आइपुग्ने उनको भनाइ छ। बढ्दो अक्सिजनको अभाव कम गर्न सरकारले सिलिण्डर किन्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्