एनआरएनएका अध्यक्ष पन्तलाई कोरोना संक्रमण काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष तथा ‘कोभिड–१९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ। पन्तलाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको संघले जनाएको छ। सामान्य लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको हो। पन्तलाई कोरोना संक्रमणपछि अक्सिजनको कमी र ज्वरो बढेको थियो। उनी अहिले होम आईसोलेसनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्