टीकापुरमा अक्सिजन सिलिण्डरको कमीले बिरामीको उपचार कठिनाइ
काठमाडौं। टीकापुर नगरपालिकामा अक्सिजन सिलिण्डरको अभावले कोरोना संक्रमितको उपचार गर्न कठिनाइ भएको छ। अक्सिजनको कमीले अति सिकिस्त बिरामीलाई अस्पतालमा उपचार गरेको र बाँकी होम आइसोलेसनमा बसेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए। टीकापुर सिटी हलमा ३८ बेड र टिकापुर अस्पतालमा १५ बेड क्षमताको आइसोलेसन केन्द्र निर्माण गरिएको छ। नगरपालिकाले टीकापुर अस्पताललाई २० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको रावलले बताए।
प्रतिक्रिया दिनुहोस्