नेपालमा हाल ५४,०४१ सक्रिय सङ्क्रमित
काठमाडौँ। नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५४,०४१ रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ५०,१७२ जना होम आइसोलेसनमा र ३,८६९ जना संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा २५,९७६ होम आइसोलेसनमा र १,८२४ संस्थागत आइसोलेसनमा छन्। देशभर ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा उपचाररत छन्।
प्रतिक्रिया दिनुहोस्