बहराइन जाने नेपालीले साथमा अनिवार्य कोरोना नेगेटिभ प्रमाणपत्र लैजानुपर्ने
काठमाडौं। बहराइनले साथमा कोरोना नेगेटिभ प्रमाणपत्र नभएका नेपालीलाई आफ्नो देशमा प्रवेश नदिने भएको छ। बहराइनको राष्ट्रिय मेडिकल कार्यदलले हिजो उक्त निर्णय गरेको हो। कार्यदलका अनुसार मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट प्रमाणित कोरोना नेगेटिभ प्रमाणपत्र ४८ घण्टासम्मको मात्रले मान्यता पाउने छ। त्यतिमात्र होइन बहराइन पुगेपछि पनि पुनः पीसीआर परीक्षण गर्नुपर्नेछ र १० दिन आइसोलेसनमा बस्नुपर्नेछ।
प्रतिक्रिया दिनुहोस्