इटालीको कलोसियमलाई प्राचीन स्वरूपमा ब्युँताइने
अल जजिरा। प्राचीन रोमको कलोसियमको भित्री भाग १९ औं शताब्दीदेखि उत्खनन् क्रममा रहेकोमा अब भित्री भागको जमिन सम्याइने भएको छ। इटालीका संस्कृति मन्त्री डारियो फ्रान्सेस्चिनीले यसलाई दुई हजार वर्ष पुरानै थिएटरको स्वरूपमा ब्युँताइने घोषणा गरेका हुन्। इटालियन इन्जिनियरिङ समूह मिलान इन्गेग्नेरियाले १८.५ मिलियन युरोको खर्चमा सन् २०२३ भित्र यो कार्य पूरा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्