‘भारतमा अझै तीन महिनासम्म खोप अभाव हुनसक्छ’
एजेन्सी। कोरोना महामारीबीच खोप संकटको सामना गरिरहेको भारतमा अझै तीन महिनासम्म अभाव रहने भएको छ। पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदार पुनावालाले भारतमा आगामी तीन महिना खोपको संकट रहने बताए। उनले खोपको १० करोड डोज उत्पादन जुलाईदेखि मात्रै सम्भव हुने र हाल प्रतिमहिना औसत ६ देखि ७ करोड डोज उत्पादन भइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्