कर्णालीमा कोरोनाबाट थप पाँच संक्रमितको मृत्यु
सुर्खेत। कोरोना भाइरसको संक्रमणबाट कर्णालीमा थप पाँच संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए । संक्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको निमित्त निर्देशक डा.खड्काले बताए।
प्रतिक्रिया दिनुहोस्