बिहे गरेको भोलिपल्टै कोरोना संक्रमित दुलहीको मृत्यु
भक्तपुर। भक्तपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। केही दिन अगाडि बिहे गरेकी २२ वर्षीया ती युवतीलाई भोलिपल्टै कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका लागि भक्तपुर अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। अस्पतालमा उपचारका लागि उनमा कडा खालको निमोनिया देखिएको थियो। जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले उपचारको क्रममा निधन भएको पुष्टि गरे।
प्रतिक्रिया दिनुहोस्