ललितपुरका सीडीओलाई कोरोना संक्रमण ललितपुर। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ। संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेनसमा बसेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्न आज उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठक बस्दैछ। तर, कोरोना संक्रमण भएकाले आफू भौतिक रुपमा सहभागी नहुने निरौलाले बताए। आफू प्रविधिको प्रयोग गरेर बैठकमा सहभागी हुने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्