ललितपुर महानगरपालिकामा नौसय जनामा कोरोना संक्रमण
काठमाडौं। ललितपुर महानगरपालिकामा सोमसम्ममा नौसय जनामा कोरोना संक्रमण पुष्टि भएको नगरका प्रवक्ता राजु महर्जनले बताएका छन्। ललितपुरको वडा नं. २६ मा रहेको नेपाल युथ फाउन्डेसनको भवनमा ५० वेड क्षमताको र वडा नं. ४ मा रहेको जेष्ठ आश्रममा ११० वेड क्षमताको आइसोलेसन निर्माण गरी संञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्