सुनसरीमा आज बेलुका ४ बजेदेखि निषेधाज्ञा जारी काठमाडौं। कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले सुनसरीमा आज बेलुका ४ बजेदेखि निषेधाज्ञा जारी गर्ने सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रवक्ता महेशकुमार पोख्रेलले बताए। कोरोनाको दोस्रो लहर सुरु भएपछि सुनसरीमा हिजोसम्म ५५४ जनामा संक्रमण र ९ जनाको मृत्यु भएको उनले बताए। सुनसरीमा स्थानीय तहबाट ५०० वेड क्षमताको र जिल्लाबाट १०० वेड क्षमताको आइसोलेसन केन्द्र निर्माण भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्