अमेरिकामा १२ वर्षका बच्चालाई पनि खोप लगाइँदै एजेन्सी। अमेरिकाको खाद्य एवम् औषधि प्रशासन(एफडीए)ले १२ वर्षका बच्चालाई फाइजरको भ्याक्सिन लगाउने भएको छ। एकजना संघीय अधिकारीका अनुसार आगामी वर्ष विद्यालय सत्र सुरु हुनुअघि नै बच्चाहरुलाई खोप लगाउने तयारी गरिएको हो। फाइजरको खोप १६ वर्षमाथिका व्यक्तिका लागि उपयोगी भएको र यसले पहिला नै स्वीकृति पाइसकेको छ। १२ देखि १६ वर्षसम्मका व्यक्तिलाई दिइने खोपले पनि छिट्टै स्वीकृति पाउने ती अधिकारी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्