सप्तरीमा १२३ जनामा कोरोना पुष्टि काठमाडौं। सप्तरीमा हिजोसम्म १२३ जनामा नयाँ भेरीयन्टको कोरोना संक्रमण देखिएको र ४ जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताएका छन्। गजेन्द्रनारायण अस्पतालमा २४ वेड क्षमता, साईकृष्ण अस्पतालमा ६० वेड क्षमता र गाँउपालिका स्तरबाट २५ वेड क्षमताको आइसोलेसनको व्यवस्था गरिएको उनले जनाए। यसैगरी कोरोनाको संक्रमण बढ्दै गएमा छिट्टै निषेधाज्ञा जारी गर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्