महासंघले जुममार्फत देशभरका पत्रकारलाई योग अभ्यास गराउने
काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकारहरूका लागि अनलाइन योगाभ्यास गर्न लागेको छ। देशभरका पत्रकारका लागि जूममार्फत भोली बैशाख २२ गतेदेखि ‘पत्रकारका लागि योगाभ्यास तथा सत्संग कार्यक्रम’ सञ्चालन हुन लागेको हो। योगाभ्यास बिहान ४ः३० बजेदेखि ६ बजेसम्म हुनेछ। योगाभ्यासका लागि योगाभ्यास गर्न मिल्ने लचकदार कपडा लगाएर उज्यालो ठाउँमा बस्नुपर्नेछ। पतंजलि योग समितिको योगचौतारीमा हुने योगाभ्यासमा देशभरका पत्रकारलाई सहभागी हुन अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्