कोरोनासम्बन्धी कारणले एकै दिनमा सर्वाधिक ५५ जनाको मृत्यु काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ५५ जनाले ज्यान गुमाएका छन्। यो एकै दिनमा ज्यान गुमाउनेको सर्वाधिक सङ्ख्या हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ३,४१७ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.९७ प्रतिशतले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्