आज काठमाडौं उपत्यकामा ३,८९३ जनामा सङ्क्रमण काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,८९३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २,७७९ जनामा, भक्तपुरमा थप ५१३ जनामा र ललितपुरमा थप ६०१ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ५०.८२ प्रतिशत हो, अर्थात् देशभरको नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौँ उपत्यकामै रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्