तीन करोड डोज भ्याक्सिन किन्दै पाकिस्तान
एजेन्सी। पाकिस्तानले तीन करोड डोज कोरोनाविरुद्धको भ्याक्सिन किन्ने भएको छ। कोरोनाको दोस्रो लहरको खतरा झेलिरहेको पाकिस्तानले भ्याक्सिन निर्मातासँग खरिद सम्झौता गरेको हो। पाकिस्तानी राष्ट्रिय स्वास्थ्य सेवा विभागका विशेष सहायक डा.फैसल सुल्तानले भने, ‘‘हामी कसैको सहयोगबाट होइन, ९० प्रतिशत भ्याक्सिन खरिद गरेरै जनतामा पुर्याउँछौं।’’ हाल पाकिस्तानमा दैनिक डेढ लाखलाई खोप लगाइने गरिन्छ, अब तीन लाख पुर्याउने सरकारको योजना छ।
प्रतिक्रिया दिनुहोस्