श्रीलंका पुग्यो स्पुतनिक–भीको पहिलो खेप
एजेन्सी। रुसमा बनेको कोरोनाविरुद्धको भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप मंगलबार श्रीलंका पुगेको छ। पहिलो खेपमा १५ हजार डोज श्रीलंका पुगेको हो। श्रीलंकाले स्पुतनिक–भीको एक करोड ३० लाख डोज अर्डर गरेको थियो। अक्सफोर्ड–एस्ट्राजेनेकाको ६ लाख डोजले श्रीलंकामा खोप अभियानको दोस्रो चरण पूरा नहुने भएपछि स्पुतनिक खरिद गर्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्