‘तपाईंको मास्क खोई’ कार्यक्रमअन्तर्गत प्रहरीद्वारा १३ हजारभन्दा बढीलाई मास्क वितरण काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा १३,०९२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १२,३७९ जनालाई होल्डिङ जोनमा राखी सम्झाई-बुझाई छाडिएको नेपाल प्रहरीले जनाएको छ। तोकिएको मापदण्ड उल्लंघन गर्ने ६९५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्