कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु
नेपालगञ्ज। कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा एक÷एक जनाको मृत्यु भएको हो। नेपालगञ्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा र डुडुवा गाउँपालिका–५ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्