प्रहरी अस्पतालले एक दिनमा १४० सिलिण्डर अक्सिजन उत्पादन गर्ने काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ। कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक लगायतका उपकरण राखिएको उक्त सिस्टम यूएनओपीएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त सिस्टमको निरीक्षण गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्