कोरोना संक्रमित मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौं। पाँचदिन अघि कोरोना संक्रमित भएका मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्था गम्भीर भएको छ। आज उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ। प्रश्रितका छोरा तथा एमाले नेता विजय पौडेलले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेका छन्। उनले लेखेका छन्, ‘बुबा र दुवैजनालाई कोभिड भएर विभिन्न अस्पताल चहार्दै अहिले महाराजगञ्ज टिचिङ हस्टिपलमा छौं। मलाई धेरै आराम छ तर बुबालाई गाह्रो भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस्