गौर नगरपालिकाका निजी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय
काठमाडौं। रौतहटको गौर नगरपालिका र बीसीसीएमसीबीचको बैठकमा निजी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख अजय कुमार गुप्ताले बताए। गौर नगरपालिकामा हिजोसम्म ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नगरपालिकाले आफ्नै पहलमा कम्तीमा १० वेड क्षमता भएको भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउन लागेको गुप्ताले बताए। आवश्यक परे बेडको संख्या वृद्धि गरिने उनले जनाए।
प्रतिक्रिया दिनुहोस्