मेसी अनुसन्धानको घेरामा
एजेन्सी। कोभिड–१९ स्वास्थ्य प्रोटोकलको उल्लङ्घन गरेको भन्दै प्रोफेसनल फुटबल लिगले लियोनल मेसीमाथि अनुसन्धान गरेको छ। आइतबार राती भ्यालेन्सियाविरुद्ध ३–२ को विजय हासिल गरेपछि मेसीले टिमका सहयात्री तथा आफन्तलाई घरमा बोलाएर ‘बारबिक्यू’ गरेको आरोप लागेको छ। त्यहाँ स्थानीय सरकारले सार्वजनिक तथा नीजि स्थानमा ६ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाएको छ।
प्रतिक्रिया दिनुहोस्