गोकर्णेश्वरमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै
काठमाडौं। कोरोनाको दोस्रो लहर बढेसँगै गोकर्णेश्वर नगरपालिकामा पनि यसको संक्रमणदर बढेको छ। हालसम्म २३३ पुरुष र १८८ महिला गरी ४२१ जनामा कोरोना पुष्टि भएको नगरका मेयर सन्तोष चालिसेले बताए। कोरोना संक्रमण बढेसँगै सुरक्षा व्यवस्था कडा बनाउन प्रहरी परिचालन गरिएको छ। अनावश्यक रुपमा बाहिर हिँडडुल गर्ने र मास्कको प्रयोग नगर्नेलाई होल्डिङ जोनमा एक घण्टा राखिने गरिएको छ।
प्रतिक्रिया दिनुहोस्