सेती प्रादेशिक अस्पतालले माग्यो सरकारी सेवा निवृत्त चिकित्सकसँग सहयोग कैलाली। सेती प्रादेशिक अस्पतालले सेवा निवृत्त चिकित्सक गुहारेको छ। कोरोना महामारीको बढ्दो संक्रमणका कारण अस्पतालहरूमा बिरामी बढ्दै गएपछि अस्पतालले सरकारी सेवा निवृत्त चिकित्सकहरूलाई सहयोग गर्न आग्रह गरेको हो। अस्पतालले एक अपिल जारी गर्दै यो आपतकालीन अवस्थामा अस्पतालमा आई मार्गदर्शन दिन तथा बिरामीको उपचारमा आवश्यक सहयोग गर्न अनुरोध गरेको हो। कोरोना संक्रमित बिरामीले सेती अस्पतालका सबै शैय्या भरिभराउ भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्