कोरोना सङ्क्रमण बढेपछि अवकाशप्राप्त सैनिक चिकित्सकलाई तयार रहन निर्देशन काठमाडौं। नेपाली सेनाले आज एक निर्देशन जारी गर्दै २०७२ सालभन्दा पछाडि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थमा रहन निर्देशन दिएको छ। कोरोना सङ्क्रमण बढ्दै गए उनीहरूको आवश्यकता पर्ने जनाउँदै सेनाले ‘राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन’ भनेको हो। जङ्गी अड्डामा प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले आज उक्त निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्