पर्सामा कोरोना संक्रमितको संख्या १७ सय ७६ पुग्यो काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। जिल्लामा संक्रमणका कारण ३० जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत विनय श्रीवास्तवले बताए। पर्साको नेसनल मेडिकल अस्पतालमा १७० वेड, नारायणी अस्पतालमा ९० वेड र ४४ वटा भेन्टिलेटर सहितको कोरोना अस्पताल निर्माण भएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्