नेपाली सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या ५,३४१ पुग्यो काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएको नेपाली सेनाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या ५,३४१ पुगेको छ। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हाल सेनामा सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको छ। नेपाली सेनामा रहेका सङ्क्रमितमध्ये ५,२०३ जना निको भइसकेका छन्। हालसम्म कोरोनाका कारण तीनजना सेनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्