विवेकशील साझाले सुरु गर्‍यो आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन काठमाडौं। कोरोना महामारीले मुलुक ग्रस्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। पार्टीले कोभिड-१९ हेल्पलाइन नम्बर ९८१३-५७७२०७ र कालोबजारी हटलाइन नम्बर ९८६१-३३४०५१ गरी दुईवटा नम्बर तोकेको छ। कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड सङ्क्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजनलगायतका बारेमा जानकारी लिन सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्