भारतबाट आउने यात्रुका लागि दैनिक क्वारेन्टाइन खर्च बढीमा तीन हजार
काठमाडौं। सातामा दुई फ्लाइटमार्फत् भारतबाट नेपाल आउने यात्रुले क्वारेन्टाइन बस्दा जम्मा तीन हजार रूपैयाँ खर्च हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वारेन्टाइनका रूपमा ८ होटल तोकेका छ। ती होटलले भ्याट र सेवा शुल्कसहित यात्रुबाट पिकअप/ड्रप, ब्रेकफास्ट, लञ्च र डिनरका लागि दैनिक बढीमा तीन हजार मात्र लिन पाउनेछन्। यसभन्दा बढी लिएमा कारबाही गर्ने मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्