आज काठमाडौं उपत्यकामा ३,८२५ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,८२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप २,८४९ जनामा, भक्तपुरमा थप ४५८ जनामा र ललितपुरमा थप ५१८ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४४.४५ प्रतिशत हो, अर्थात् देशभरको नयाँ सङ्क्रमितमध्ये झण्डै आधाजसो काठमाडौँ उपत्यकामै रहेका छन्।
प्रतिक्रिया दिनुहोस्