चिनियाँ भ्याक्सिन ‘सिनोभ्याक’को समीक्षा गर्दै ईयू
एजेन्सी। कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन सिनोभ्याकको असरबारे युरोपियन युनियन(ईयू)को औषधि नियामकले मंगलबारदेखि समीक्षा सुरु गरेको छ। युरोपियन मेडिसिन्स एजेन्सीको स्वीकृतिपछि मात्रै युनियनमा रहेका २७ देशमा यो भ्याक्सिन उपयोग गर्न थालिनेछ। एजेन्सीले भनेको छ– ‘हाम्रो अध्ययनबाट सिनोभ्याकले शरीरमा एन्टिबडी बनाउने देखाएको छ। यसले कोरोनासँग लड्न सक्छ।’ हालसम्म चार प्रकारका भ्याक्सिनलाई हरियो झण्डा देखाएको ईयूले सिनोभ्याकलाई भने व्यापारिक स्वीकृति दिएको छैन।
प्रतिक्रिया दिनुहोस्