निषेधाज्ञा ५२ जिल्लामाः ३९ मा पूर्ण, १३ मा आंशिक
काठमाडौं। कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या आज ५२ पुगेको छ। गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमध्ये ३९ वटामा पूर्ण र १३ वटामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। कोरोनाका संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन्। सरकारले आजबाट निषेधाज्ञालाई थप कडा बनाउने बताइसकेको छ।
प्रतिक्रिया दिनुहोस्