खोपलाई विश्वकै साझा वस्तुको रूपमा लिइनुपर्छ : अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाविरुद्धको खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रूपमा लिनुपर्ने बताएका छन्। दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क)का अर्थमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, “जनस्वास्थ्यमा आएको संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रूपमा लिइनुपर्छ।”
प्रतिक्रिया दिनुहोस्