उत्पादित तरकारी बारीमै कुहिने चिन्तामा किसान कैलाली। धनगढी उपमहानगरपालिकाका किसानलाई उत्पादित तरकारी बारीमै कुहिने चिन्ताले सताउन थालेको छ। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले उत्पादित तरकारी बेच्न पाएका छैनन। तरकारी बजार पनि नपाएको र बेच्न नपाउँदा किसान चिन्तित बनेका हुन्। कृषक मुमताज गुप्ताले उत्पादित टमाटर, भन्टा, लौका, फर्सीलगायत तरकारी बारीमै खेर जाने डर लागिरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्