दोस्रो लहरको कोरोना भाइरस सियोको टुप्पोभन्दा लाख गुना सानो
एजेन्सी। बेलायती शोधकर्ताहरूले संसारलाई तर्साइरहेको दोस्रो लहरको कोरोना भाइरसको आकार पत्ता लगाएका छन्। यो सियोको टुप्पोभन्दा लाख गुना सानो आकारको हुने उनीहरूले बताएका छन्। यो भाइरस आममाइक्रोस्कोपबाट देख्न नसकिने र यसका लागि क्रायो-इलेक्ट्रोन माइक्रोस्कोप प्रयोग गरिएको थियो। डबल-म्युटेन्ट यो भाइरसको आकार पत्ता लागेपछि कोरोना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्