जेलमा रहेका सन्त आशाराम कोरोना संक्रमित
एजेन्सी। बलात्कारको अभियोगमा जोधपुर सेन्ट्रल जेलमा सजाय काटिरहेका सन्त आशारामलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जोधपुरको महात्मा गान्धी अस्पतालमा उपचार भइरहेको छ। उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। जेल प्रशासनले उनलाई अस्पताल लैजानुअघि कन्ट्रोल रुमलाई अस्पताल लैजादै गरेको जानकारी दिएको थियो। त्यसपछि अस्पतालमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्