कोरोना बिरामीका लागि १४० शय्याको उपचार कक्ष सञ्चालन काठमाडौं। शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा कोरोना संक्रमणका बिरामीलाई मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ ।क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोभिड–१९ उपचार कक्ष बनाउन लागिएको हो।अहिले ४० शय्या सञ्चालनमा आइसकेको छ ।अस्पतालले अहिले २५० शय्या कोभिडका बिरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ बिरामीले उपचार गराइरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्