कोरोनाको तेस्रो लहरले बालबालिका बढी प्रभावित हुने
एजेन्सी। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त दुनियाँका लागि सम्भावित तेस्रो झनै पीडादायी हुने विशेषज्ञहरु अनुमान गर्न थालेका छन्। तेस्रो लहरले सबैभन्दा बढी बालबालिका प्रभावित हुने उनीहरुको चेतावनी छ।
दोस्रो लहरको कहर झेलिरहेको भारतमा सत्तारुढ भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले यही विषय ट्विट गरेपछि त्यहाँ त्रास बढेको छ। हार्वर्ड युनिभर्सिटीबाट पीएचडी गरेका नेता स्वामीका करोडभन्दा बढी फलोअर छन्।
प्रतिक्रिया दिनुहोस्